काठमाडौँ, फागुन १२ : सभामुख देवराज घिमिरले सांसदहरूले प्रतिनिधिसभाका विभिन्न बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक र जनसरोकारका विषयमा उठाएका प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको हो ।
प्र्रतिनिधिसभाको सधैँ जसो बैठकमा सांसदहरूले जनसरोकारका विषयमा प्रश्न गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आइरहनुभएको छ ।






