कर्णालीमा माओवादीको प्रमुख सचेतकमा परियार र सचेतकमा खड्का

  फागुन ११, २०७९

कर्णाली, फागुन ११ : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन हुनुभएको छ ।

केन्द्रको आज बसेको दलको बैठकले उहाँलाई प्रमुख सचेतकमा चयन गरेको हो । प्रमुख सचेतक परियार हुम्ला प्रदेश ९२० बाट निर्वाचित हुनुभएको हो ।

त्यस्तै, बैठकले सचेतकमा प्रदेशसभा सदस्य मिलन खड्कालाई चयन गरेको छ । खड्का रुकुमपश्चिमबाट समानुपातिक निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले भने हालसम्म प्रमुख सचेतक र सचेतक चयन गरेका छैनन् ।

कर्णालीमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० प्रदेशसभा सदस्य छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्रबाट एक-एक प्रदेशसभा सदस्य छन् ।

तपाईको प्रतिक्रिया