काठमाडौं, फागुन ११ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माओवादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताउनुभएको छ ।
माओवादीले सहमति विपरीत कांग्रेस उम्मेदवारलाई समर्थन गर्न नमिल्ने ओलीले बताउनभयो । आफ्नो जन्म दिनको अवसरमा बालकोटमा आयोजित कार्यक्रममामा पत्रकारलाई प्रतिक्रिया दिँदै ओलीले राष्ट्रपतिका विषयमा माओवादीले एमालेसँग पुस १० गते नै सहमति गरेको बताउनुभयो ।
ओलीले प्रचण्ड नयाँ गठबन्धन छाडेर कांग्रेस नेतृत्वको पुरानो गठबन्धनमा नजाने बताउनुभयो । उहाँले सपोर्ट गर्दै गर्नुहुन्न, गर्नै मिल्दैन, किनभने हामीसँग सम्झौता पुस १९ गते नै गर्नुभएको छ’, ओलीले भन्नुभयो ।
राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता गराउने समय नजिकिँदै जाँदा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनु पर्ने भन्दै कांग्रेससँग नजिकिनु भएको छ ।
एमालेसँगको सहमति विपरीत उहाँ कांग्रेसको उक्साहटमा लागेर पुरानो गठबन्धन ब्युँताउने प्रयत्नमा लाग्नुभएको चर्चा राजनीतिक वृत्तमा चलेको छ । ओलीले भने प्रचण्ड सहमति विपरीत नजाने र जान नसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।






