अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान हुँदै

  फागुन ०४, २०७९

काठमाडौँ, फागुन ४ : नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ ।

यसअघि निर्वाचनको तयारी गरिसकेपनि नेतृत्वको लागि सहमतिको प्रयास गरिएको थियो । तर, अन्तिममा सहमति हुन नसकेपछि नयाँ नेतृत्वको लागि निर्वाचन गर्न लागिएको हो ।

निर्वाचनको लागि आज बिहान ९ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । अनेरास्ववियुको नेतृत्वको लागि अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।

जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन् । महाधिवेशनस्थल नेपाल प्रज्ञा भवनमा अहिले विद्यार्थीहरुको चहलपहल बढेको छ ।

तपाईको प्रतिक्रिया