राष्ट्रियतामाथि नै चौतर्फी आक्रमण छः मन्त्री लिङदेन

  माघ २८, २०७९

काठमाडौँ, माघ २८ : राप्रपाका अध्यक्ष तथा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्र लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लिङदेनले राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको बताएका हुन्।

उनले भने, ‘आज चौतर्फीरुपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताहरुले भन्ने गरेका छन्।

नेपालको निर्णायकत्व नेपालीको हातमा छैन भनेर कहिले काहीँ तपाईंले सुन्नुभएको छ। त्यो चिजप्रति खबरदारी गर्न सक्नुपर्छ। हामीले यो विद्यार्थी संगठन सशक्तरुपमा अघि बढोस् भन्ने चाहना छ।

विद्यार्थीहरुमा राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्छ। यो गुण्डा उत्पादन, हुल्लर अनुशासनहिन उत्पादन गर्ने संगठन होइन, यो देशभक्त उत्पादन गर्ने संगठन गर्ने हो। यो संगठका व्यक्ति एक्लो उभिन तयार छ, देशको बारेमा कसैसँग सम्झौता गर्दैन।’

तपाईको प्रतिक्रिया