नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

  माघ २४, २०७९

खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको होे ।

नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो । कूल लागतमध्ये १४ करोड बराबर ठेक्का भिमेश्वर आरयू मैनाली जेभी काठमाडौँले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ । विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएकोे जेभीले तोकेको समयमा काम पूरा गर्ने आरयू मैनाली जेभीका म्यानेजर ज्ञानेन्द्र लामाले जानकारी दिनुभयो । लामाले सबैको सहयोग पाएकाले लिफ्टिङ खानेपानीको पूर्वाधारको काम ९० प्रतिशत र मुख्य पाइप लाइन विस्तारको काम ३५ प्रतिशत सकिएको जानकारी दिनुभयो ।

चार लिफ्टिङ स्टेसनमार्फत सञ्चालन हुने यस आयोजनामा एक ९सम्फवेल० इनार, २० हजारदेखि ५० हजार लिटर क्षमताका १३ वटा ट्याङ्कीसहित ४५ किमी खानेपानी शाखा लाइन विस्तार गरिनेछ ।

तपाईको प्रतिक्रिया