पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स ९युएई० को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो ।
उहाँको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्व सैनिक जनरल तथा पाकिस्तानी पूर्व राष्ट्रपतिको ुएमाइलोइडोसिसु का कारण निधन भएको उल्लेख गरेका छन् । मुसर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ । मुसर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आउनुभएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुसर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत् पाकिस्तानी सरकारलाई निवेदन दिनुभएको थियो । ’द एक्सप्रेस ट्रिब्यून’ पत्रिकाका अनुसार पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहनुहुन्थ्यो।
मुसर्रफ सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति हुनुभएको थियो ।
उहाँले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी ९सीजेसीएससी० को १० औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलको रूपमा काम गर्नुभएको थियो ।






