परराष्ट्र मन्त्री पौड्यालले आज श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्नुहुने

  माघ २०, २०७९

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा।बिमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री डा।पौड्यालले आज साँझ त्यहाँका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगको भेट अघि परराष्ट्र मन्त्री डा।पौड्यालले श्रीलङ्काका विदेश मन्त्री एमयूएम अली सब्रिसँग भेट गर्दै हुनुहुन्छ । उहाँ आजै श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

मन्त्री डा।पौड्याल भोलि शनिबार बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । उहाँले शनिबार दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया