फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर लागेको छ– गृहमन्त्री लामिछाने

  माघ १०, २०७९

काठमाडौं, माघ १० : गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

आज मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालय क्रसरका विषयमा , फरार सांसदका विषयमा र अन्दोलनरत अधिकारकर्मीका विषयमा गृहमन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका हुन् ।

साथै, यसभन्दा अघि बनेका सरकारहरुले राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडेकाले कामको रिजल्ट आउन केही समय लाग्ने उनको दाबी छ ।

राज्यका संयन्त्रहरुलाई थिलथिलो बनाएर छाडिएको छ । काम गर्नेलाई कानुन पालना गर्ने भन्दा पनि आदेश पालना गर्ने गरी राखिएको छ । म त्यसको प्रतिउत्तर होइन कामका माध्यमबाट प्रतिनिधि सभामा आफैं उत्तर आउन भन्ने म चाहन्छु, उनले भने ।

गृहमन्त्रालय प्रणाली सुधार र मापदण्ड निर्माणमा निरन्तर लागिरहेको केही समयमै रिजल्ट आउने उनको दाबी छ । प्रणाली सुधार गरेर सिस्टममा काम गर्न दिने हो भने आधा काम आफै सकिने उनले बताए ।

अहिलेको संसदको उपस्थिति उत्साहजनक नभएको भन्दै उनले बहस विषयकेन्द्रीत बनाउन पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया