लेखनाथ, माघ ७ : गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त हुनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुनुहुन्छ ।
नवनियुक्त महान्यायाधिवक्ता बरालले आजै शपथ लिनुभएको छ । बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराउनुभएको थियो । शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो ।
बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । हाल उहाँ काठमाडौँमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आउनुभएको छ ।






