उपसभामुख थापाद्वारा पदभार ग्रहण

  माघ ०३, २०७९

गण्डकी, माघ ३ : गण्डकी प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सभामुख कृष्णप्रसाद धितालबाट पद तथा गोपनीयताको शपथ लिनुभएकी थापाले आज पदभार ग्रहण गर्नुभएको हो ।

उपसभामुख थापालाई प्रदेशसभा सचिव हरिराज पोखरेललगायत सविचालयका कर्मचारीले कार्यालयमा स्वागत गरेका थिए । यसअघि सोमबार नै उहाँ उपसभामुख पदमा निर्वाचित हुनुभएको थियो ।

थापाको पक्षमा प्रदेशसभाका ३२ सदस्यले मतदान गरेका थिए । उहाँ नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो । उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याउनुभएको थियो ।

प्रदेशसभाका कूल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बस्नुभएको थियो । कांग्रेसका एक प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित रहनुभएको थियो । थापा समानुपातिकतर्फ बागलुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया