हेटौँडा, पुस २८ : बागमती प्रदेशसभाको सभामुखमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी दर्ता गरेको छ ।
बागमती प्रदेश सभाको सभामुखमा कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाबाट सायजुले उम्मेदवारी दार्ता गराउनुभएको हो । त्यस्तै, गठबन्धनबाट उम्मेदवारी दिने तयारी भइरहेको छ । गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवन पाठकले उम्मेदवारी दिँदै हुनुहुन्छ ।
अधिकारले कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सायजुको प्रस्तावकमा नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ र समर्थकमा गीता काफ्ले हुनुहुन्छ ।
स्रोत : गोरखापत्र अनलाइन