काठमाडौं, पुस २५ : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरे पनि सहमतिमै यादवलाई नेता चयन गरिएको हो । जसपाको मधेश प्रदेशमा १६ सांसद छन् ।
स्रोत : गोरखापत्र अनलाइन