मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान

  पुष २२, २०७९

महेन्द्रनगर (धनुषा), पुस २२ : मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

मधेस प्रदेशसभामा एक सय सात सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५४ सांसदको समर्थन चाहिन्छ ।

तपाईको प्रतिक्रिया