काठमाडौं, पुस १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताउनुभएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उहाँले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने उहाँले बताउनुभयो ।
दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फउल खेल्नु हुुँदैन’ उहाँले भन्नुभयो, ‘फउल खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ ।’
ओलीले राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने बताउनुभयो । राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ नराम्रो खेलाडीले अरुको खुट्टामा हान्छ । खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ’ उहाँले भन्नुभयो ।
समाजको कुनै पनि क्षेत्र अनुशासनमा चलेन भने सफल नहुने ओलीले बताउनुभयो ।






