काठमाडौँ,पुस ११ : सत्ता गठबन्धनको नेतृत्वकर्ता र सबैभन्दा ठूलो दल नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने भएका छन् । एमाले पौडेलको नेतृत्वमा सरकारमा जान लागेको हो ।
यस्तै एमालेले अन्य ३ जना मन्त्रीको पनि टुंगो लगाएको छ । जसमा राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी छन् । उनीहरूको मन्त्रालय भने टुंगो लागेको छैन ।