अयबक, अफगानिस्तान, मङ्सिर १४ : अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
उक्त घटनामा अन्य २२ जना घाइते भएका बताइएको छ । नाम नबताउने शर्तमा अफगानिस्तानी प्रहरीले भने, “काबुलबाट २१५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी अयबक शहरमा स्थानीय समयअनुसार दिउँसो १ बजे मेड्रेसा जिहादिया ९जिहादी मदरसा० मा भएको विस्फोटमा १५ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका छन् ।”
घटनाबारे थप अनुसन्धान भइरहेको ती अधिकारीले बताएका छन् ।
अफगानीस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी टाकोरले उक्त रक्तपातपूर्ण घटनाको पुष्टि गर्दै सामंगन प्रान्तमा बुधबार अपराह्न धार्मिक विद्यालय ९मदरसा०मा भएको विस्फोटमा परी १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको बताउनुभयो । विस्फोटको जिम्मेवारी कुनै पनि समूह वा व्यक्तिले लिएको छैन ।






