नयाँ सरकार गठनबारे चर्चा भइरहेका बेला ओली र कांग्रेस नेता प्रकाशमानबिच बालकोटमा भेट

  मंसिर ११, २०७९

भक्तपुर, मङ्सिर ११ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाई दिनुभएको थियो ।

बधाई आदानप्रदानसँगै उहाँहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया