कालिकोट (२) मा कांग्रेसका विष्ट निर्वाचित

  मंसिर ०९, २०७९

कालीकोट, मङ्सिर ९ : नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ कालिकोट (२)बाट निर्वाचित हुनुभएको हो ।

विष्टले सात हजार नौ सय ४४ मतले नेकपा(एमाले)का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गर्नुभएको हो । उहाँले १३ हजार सात सय ८३ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया