बर्दिया–२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

  मंसिर ०८, २०७९

बर्दिया, मङ्सिर ८ : बर्दिया–२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर थारुले १० हजार नौ सय ८४ मत प्राप्त गर्नुभएको छ । नागरिक उन्मुक्ति उम्मेदवार चौधरी नौ हजार एक सय ४३ मतको अन्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ ।

यो निर्वाचन क्षेत्रमा ४३ हजार पाँच सय सात मत खसेको थियो भने दुई हजार ३४ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया