उत्तरी मोरक्कोमा बस पल्टिँदा ११ जनाको मृत्यु, ४३ घाइते

  मंसिर ०६, २०७९

रबात, मङ्सिर ६ : उत्तरी मोरक्कोको सहर ताजा नजिकैको सडकमा मङ्गलबार बस पल्टिँदा ११ जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

घाइतेहरूलाई ताजाको अस्पतालमा उपचार भइरहेको छ । मोरक्कोमा सन् २०१९ मा सडक दुर्घटनामा परी तीन हजार तीन सय ८४ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

दुर्घटना बारे अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया