नवलपरासी पूर्वका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता कायम

  मंसिर ०६, २०७९

मध्यविन्दु, मङ्सिर ६ : नवलपरासी पूर्वको दुईवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता डा शशांक कोइराला र क्षेत्र नम्बर २ मा कांग्रेसका विष्णुकुमार कार्कीले अग्रता कायम गर्नुभएको हो ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा कांग्रेसका डा कोइरालाले सात हजार एक सय ९४ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का कृष्ण पौडेलले पाँच हजार छ सय ७८ मत प्राप्त गर्नुभएको छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले चार हजार चार सय ४० मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा एमालेका रवीन्द्रप्रसाद अधिकारी छ हजार दुई सय १३ र कांग्रेसका महेन्द्रध्वज जिसीले छ हजार एक सय ५२ मत प्राप्त गर्नुभएको हो । साथै, प्रदेशसभा २ मा एमालेका रोशनबहादुर गाहा पाँच हजार सात सय ३६ र माओवादी केन्द्रका लोकप्रसाद भुर्तेलले पाँच हजार दुई सय ५७ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले १० हजार ७६७ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका तीलबहादुर महतले नौ हजार आठ ५९ मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले दुई हजार आठ सय २८ मत पाउनुभएको छ भने राप्रपाका विष्णुप्रसाद शर्माले सात सय १२ मत पाउनुभएको छ ।

निर्वाचन क्षेत्र २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमालेकी पद्मा जिसीले ११ हजार दुई सय १७ प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका सौगम कुमार सिरपालीले आठ हजार एक सय ८६ मत पाउनुभएको छ । साथै, प्रदेशसभा २ मा एमालेका लक्ष्मण बहादुर पाण्डेले १३ हजार दुई सय ६९ र नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १० हजार ७९ मत पाउनुभएको छ

तपाईको प्रतिक्रिया