कटारी, मङ्सिर ६ : उदयपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सद स्यमा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । उहाँले १५ हजार दुई सय ५१ मत ल्याउनुभयो ।
उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार आठ सय ९३ मत ल्याउनुभयो । स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार तीन सय मत ल्याउँदै तेस्रो हुनुभयो ।
निर्वाचन अधिकृतको कार्यालय कटारीका निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार यस क्षेत्रमा कूल ४४ हजार आठ सय ७५ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा चार गाउँपालिका र एक नगरपालिका पर्छन् ।






