किमाथाङ्का, मङ्सिर ६ : सङ्खुवासभाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा खड्काले तीन सय ३५ मत पाउनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले तीन सय ३२ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा गठबन्धनकोतर्फबाट खड्का र नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्दा देखिएको छ । मतगणना आज दिउँसो २ बजेदेखि सुरु भएको हो ।
जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ मतदातामध्ये ६५ हजार आठ सय ९२ मत खसेको थियो । सङ्खुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदान थिए ।






