राजविराज, मङ्सिर ५ : सप्तरी क्षेत्र नं ३ को मतगणना आज साँझदेखि प्रारम्भ भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो ।
जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार दिनेशकुमार यादवले पाँच सय १९ मत ल्याएर अग्रता कायम गरेको सहायक निर्वाचन अधिकृत ध्रुवप्रसाद निरौलाले बताउनुभयो । नेकपा ९एमाले०का उम्मेदवार ताराकन्त चौधरीले तीन सय सात मत पाउनुभएको छ ।
यस्तै, जनमत पार्टीका उम्मेदवार अनिस अन्सारीले एक सय ३६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक हजार एक सय मतगणना भएको र मतगणना जारी रहेको छ ।






