त्रिशूली, मङ्सिर ५ : प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को मतगणना साँझ ६ बजेदेखि सुरु भएको छ । मतपेटिका सङ्कलन र रुजुमा भएको ढिलाइ तथा सर्वदलीय बैठकमा गणनासम्बन्धी सहमति जुटाउन
देखिएको समस्याको कारण आज साँझ ६ बजेदेखि गणना सुरु भएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालय रहेको तादी गाउँपालिकाको कार्यालयको चार स्थानमा गणना थालिएको हो ।
निर्वाचन क्षेत्र नं। २ र उक्त क्षेत्रको प्रदेश–१ मा जारी रहेको मतगणनामा सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले सुरुआती समयदेखिको अग्रता कायम रहेको छ ।
एक हजार दुई सय मतगणना हुँदा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी र एक हजार चार सय मत गणना हँुदा प्रदेश–१ तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले अग्रता लिनुभएको छ ।
प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केसीको छ सय पाँच, नेकपा ९एमाले०का उम्मेदवार नारायणप्रसाद खतिवडाको तीन सय २५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेको दुई सय तीन मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त क्षेत्रको प्रदेश–१ मा माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले सात सय ७४ मत ल्याएर अग्रता कायमै राख्नुभएको छ । एमालेका उम्मेदवार केशवराज पाण्डेको चार सय ३७ र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यले ८६ मत प्राप्त गर्नुभएको छ ।






