खलङ्गा, मङ्सिर ५ : दार्चुलामा आइतबार मतदान शान्तिपूर्वक सम्पन्न भएको छ । आइतबार बेलुकादेखि मतपेटिका ढुवानी कार्य थालिएको भए पनि ब्यास गाउँ पालिकाअन्तर्गत चार मतदान केन्द्रका मतपेटिका खलङ्गा आइपुगेको छैन ।
आजैरातिसम्म मतपेटिका खलङ्गा पुग्ने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । दिउँसो सर्वदलीय बैठक सम्पन्न भइसकेको र मतपेटिका खलङ्गा पुगेपश्चात् मतपेटिका जाँच गरी मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउनुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा एक स्थायी र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । अहिलेसम्म एक सय ३९ मतदान केन्द्रको मतपेटिका मतगणनास्थल महेन्द्र नमूना माविमा आइपुगेको मुख्य निर्वाचन अधिकृत भट्टले बताउनुभयो । ८१ हजार एक सय १४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो ।






