मनाङमा एमालेका गुरुङ अगाडि

  मंसिर ०५, २०७९

मनाङ, कात्तिक ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ गुरुङले एक हजार १६० मतसहित अग्रता लिनुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले एक हजार १२७ प्राप्त गर्नुभएको छ । उहाँहरुबीच ३३ मतको अन्तर रहेको छ । अब दुईहजार ४५६ मत गन्न बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया