पर्वत कांग्रेसका जोशीको शुरुआती अग्रता

  मंसिर ०५, २०७९

पर्वत, मङ्सिर ५ : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक भएको आठ सय मतगणनाको मतपरिणाममा गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशीको अग्रता देखिएको छ ।

जोशीले तीन सय ५८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार पदम गिरीले तीन सय ४२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पाइजाले ९९ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा दिउँसो सवा ४ बजेदेखि मतगणना सुरु भएको हो । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार दुई सय ७३ मत खसेको छ ।

मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फको जलजला गाउँपालिका भोटेडाँडा केन्द्र र पैयुँ गाउँपालिकाको टकलाक ९क० केन्द्रको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुङ्गानाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया