प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगलाई धन्यवाद

  मंसिर ०४, २०७९

काठमाडौँ, मङ्सिर ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज साँझ ट्वीट गर्दै देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा आयोगलाई विशेष धन्यवाद दिनुभएको हो ।

उहाँले निर्वाचन सफल बनाउने कार्यमा खटिने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई पनि धन्यवाद दिनुभएको छ ।

“निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्ववेक्षकहरूमा धन्यवाद तथा आभार व्यक्त गर्दछु”, प्रधानमन्त्रीले ट्वीटमा लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया