श्रीलङ्काका राष्ट्रपतिद्वारा निर्यात बढाउन सिंगापुरसँगको स्वतन्त्र व्यापार सम्झौता तत्काल कार्यान्वयन गर्न आह्वान

  मंसिर ०१, २०७९

कोलम्बो, मङ्सिर १ : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निर्यात बढाउन श्रीलङ्का-सिङ्गापुर स्वतन्त्र व्यापार सम्झौता (एफटीए) तत्काल कार्यान्वयन गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ।

यो कदम सिंगापुरका गैरआवासीय उच्चायुक्त चन्द्र दासको श्रीलङ्काको औपचारिक भ्रमणको बीचमा आएको हो। दासले श्रीलङ्काका विदेशमन्त्री अली साब्रीलाई भेटेर दुई देशबीचको द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नु भएको थियो।

सन् २०१८ मा श्रीलङ्का-सिङ्गापुर स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो तर अझै सो सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।

एफटीएले वस्तु, सेवा, लगानी, बौद्धिक सम्पत्ति, दूरसञ्चार, ई-वाणिज्य, व्यापार सहजीकरण, सरकारी खरिद, प्रतिस्पर्धा र आर्थिक तथा प्राविधिक सहयोगलाई समेट्छ।

तपाईको प्रतिक्रिया