अफगान प्रहरीद्वारा लागुऔषध प्रयोगशाला नष्ट

  मंसिर ०१, २०७९

फिरोज कोह, मङ्सिर १ : अफगान सेनाले अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा लागुऔषध प्रयोगशालाहरू नष्ट गरेको प्रहरीले बिहीबार जनाएको छ ।

प्रान्तको दौलतयार जिल्लामा बुधबार लागुऔषध प्रशोधन गर्ने दुईवटा कारखाना र ठूलो परिमाणमा चरेस फेला पारेको र नष्ट गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रहरीले हालै काबुलको बगरामी क्षेत्रमा अफिम र चरेससहित ११ टनभन्दा बढी अवैध लागुऔषध बरामद गरेको छ । पछिल्लो समय अफगानिस्तानमा लागुऔषधको कारोबार बढेको पाइएको छ ।

तपाईको प्रतिक्रिया