ल्याण्डफिल्ड निर्माणका विषयमा निर्णय भएको छैन : प्रमुख आचार्य

  मंसिर ०१, २०७९

पोखरा, कात्तिक ३० : नागरिक उडड्यन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ बाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

विमानस्थलबाट बुध्द एयरले जनवरीदेखि भारतका विभिन्न गन्तव्यमा उडान गर्ने भन्दै विज्ञप्ति जारी गरिसकेको छ । यद्यपि विमानस्थलको मुख्य चुनौतीका रुपमा रहेको ल्याण्डफिल साइट कहाँ सार्ने भन्ने विषयमा महानगरले अझै टुङ्गो लगाउन सकेको छैन ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको र तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको स्पष्ट पार्नुभएको छ ।

सामाजिक सञ्जानमा ल्याण्डफिल साइडका स्थानका बारेमा विभिन्न धारणा सार्वजनिक भएपछि प्रमुख आचार्यले तत्काल कुनै निर्णय नभएको भनि स्पष्ट पार्नुभएको हो ।

“ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो यस विषयमा विभिन्न सात स्थानमा अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भइसकेको छैन”, आचार्यले भन्नुभयो “हामी विभिन्नस्थानको खोजीमा रहँदा स्थानीयवासीले अनुमान गर्नुभएको हुनसक्छ र त्यही आधारमा सामाजिक सञ्जालमा चर्चा गरिएको हुनसक्छ, तर हामीले ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।”

उहाँले ल्याण्डफिल्ड साइटको विषयमा महानगर निकै गम्भीर भएको र छिट्टै स्थानको टङ्गो लगाउने समेत बताउनुभयो । उहाँले अब बन्ने ल्याण्डफिल्ड साइट व्यवस्थित तवरबाट प्रशोधन केन्द्रसहित राखिने त्यस विषयमा सार्वजनिक सुनुवाइ नै गरेर जानकारी दिनुभयो ।

पोखराको फोहर व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्वपूर्ण कुरा सबै पोखरेलीको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यकपर्ने उहाँको भनाइ छ ।

राजनीतिक दल, स्थानीय सामाजिक सङ्घ संस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्न उहाँको भनाइ छ ।

आचार्यले भौतिक निर्र्माण सम्पन्न भएको विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको अन्तिम तयारीका लागि हाल रिठ्ठेपानीडाँडा कटानको काम भइरहेको बताउनुभयो । डाँडाको माटोले ल्याण्डफिल साइट पुर्ने र तत्काल अल्पकालीन र केही दीर्घकालीन रुपबाट ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरिने उहाँको भनाइ छ ।

विमानस्थल नजिक रहेको ल्याण्डफिल साइटका कारण गिद्धलगायत चराको आवागमन बाक्लो रहेको र यसले उ

तपाईको प्रतिक्रिया