जी २० शिखर सम्मेलनमा सहभागी हुन सी इन्डोनेसियामा

  कार्तिक २८, २०७९

बाली, इन्डोनेसिया, कात्तिक २८ : चिनियाँ राष्ट्रपति सी चिनफिङ जी२० शिखर सम्मेलनमा भाग लिन सोमबार इन्डोनेसिया पुग्नु भएको छ । जी२० शिखर सम्मेलन मङ्गलबार विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ पार्ने, दिगो ऊर्जा सङ्क्रमणको गति बढाउने र डिजिटल रूपान्तरणको प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ ।

यसपछि थाइल्याण्डको राजधानी बैंककमा २९औँ एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन इकोनोमिक लिडरहरूको बैठक हुनेछ ।

तपाईको प्रतिक्रिया