चौधरीलाई नयाँ ठाउँको तनाव, त्रिपाठीलाई परिवर्तनको डर

  कार्तिक २३, २०७९

नवलपरासी, कात्तिक २३ : पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ को चुनावी माहोलले सबैको ध्यानाकर्षण गरेको छ । कसैलाई नयाँ ठाउँको चिन्ताले तनाव सिर्जना भएको छ भने कसैलाई परिवर्तनको डरले सताएको छ ।

निर्वाचन क्षेत्र नं १ को प्रतिस्पर्धामा रहेका उम्मेदवारद्वय विनोदकुमार चौधरी र हृदयेश त्रिपाठी चुनावी रणभूमिमा आमनेसामने हुनुहुन्छ । उद्योगपति एवं अर्बपति चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा हुनुहुन्छ । त्रिपाठी जनता प्रगतिशील पार्टीबाट चुनावी मैदानमा हुनुहुन्छ । चौधरी लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवारसमेत हुनुहुन्छ ।

त्यस्तै त्रिपाठीले नेकपा ९एमाले० को समर्थनमा उम्मेदवारी दिनुभएको छ । यी दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चौधरीले लोकतान्त्रिक वाम–गठबन्धनबाट उम्मेदवारी दिए पनि उहाँले निर्धक भएर ‘म चुनाव जित्दैछु’ भन्न सक्नुभएको छैन ।

यस्तै यो क्षेत्रबाट लामो समयदेखि राजनीति गर्दै आउनुभएका त्रिपाठी पनि म चुनाव जित्छु भन्नसक्ने अवस्थामा हुनुहुन्न । मधेसको मुद्दामा लामो समय राजनीति गर्दै पाँच पटक विजयी हासिल गरेका त्रिपाठी २०७४ सालको निर्वाचनदेखि एमालेको सहारामा चुनाव लड्न बाध्य हुनुहुन्छ ।

विसं २०७४ को निर्वाचनमा त्रिपाठीले सूर्य चिह्न लिएर विजयी हुनुभएको थियो । अहिले उहाँ आफ्नै पार्टीको चुनाव चिह्न कोदालो बोकेको किसान लिएर चुनावमा होमिनुभएको छ ।

तपाईको प्रतिक्रिया