काठमाडौँ, कात्तिक ९ : राजधानीको वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित नेपाल संवत् ११४३ को स्वागत गरिएको छ । न्हूदँ नेपाल संवत् ११४३ मूल आयोजक समितिद्वारा नगर परिक्रमा गरेर नयाँ वर्ष धुमधामका साथ मनाइएको हो ।
नगर परिक्रमापछि आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, बागमती प्रदेशका मुख्यमन्त्रीसहित सङ्घीय मन्त्रीहरु र प्रदेश मन्त्रीहरुको सहभागिता छ ।





















