काठमाडौँ, साउन ४ : नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक भित्र्याउन ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग प्रस्ताव गरेको छ ।
नवनियुक्त राजदूत अर्यालसँग आज भएको छलफलमा चेम्बर पदाधिकारीले ओमानमा रहेका प्रत्येक नेपालीले एक ओमानी नागरिक भित्र्याउने वातावरण बनाउन आग्रह गरेका हुन् ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताउनुभयो । ओमानमा झण्डै २० हजार नेपाली कार्यरत छन् । “एशियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ”, उहाँले भन्नुभयो, “त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरी राजदूतले भूमिका निर्वाह गरिदिनुप¥यो ।”
सो क्रममा राजदूत अर्यालले ओमानबाट पर्यटक तथा वैदेशिक लगानी भित्र्याउन आफ्नो ध्यान केन्द्रित हुने विश्वास दिलाउनुभयो । ओमानमा नेपाल हाउस स्थापनाका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।