काठमाडौँ, जेठ १३ : आर्थिक स्थायित्वका लागि छनोटपूर्ण उपकरण प्रयोग गरिने नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा परेको दबाब कम गरी आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरण प्रयोग गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ब्याजदर बढ्न सक्ने सङ्केत गरेको हो । तरलताको अभावका कारण वित्तीय क्षेत्रमा समस्या पैदा भएको छ । बैंक तथा वित्तीय संस्थाले आवश्यकरुपमा कर्जा प्रवाह गर्न सकेका छैनन् ।
पछिल्ला दिनमा स्थानीय तहको निर्वाचनलगायतका कारणले तरलतामा केही सहजता पैदा भए पनि आमरुपमा भने समस्या कायम छ । केन्द्रीय बैंकले मूल्य र बाह्य क्षेत्र स्थायीत्वमा देखा परेको दबाब यथायत रहेकाले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको जनाएको छ । मुद्रास्फिति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लैजाने स्पष्ट पारिएको छ ।कोरोना सङ्क्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि केन्द्रीय बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुन:रुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ ।
त्यस्तै मौद्रिक नीतिको उपयुक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जालाई यथावत राखिएको छ । मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरेर उत्पादनशील क्षेत्र, लघु साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धनलगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिने नीति तेस्रो त्रैमासिक समीक्षामार्फत गरिएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि विस्तार हुन शुरु भएको केन्द्रीय बैंकको टिप्पणी छ । यस्तै गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले अर्थतन्त्र थप चलायमान हुन गएको जनाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको नौ महिनासम्म औसत उपभोक्ता मुद्रास्फिति लक्षित सीमाभित्र रहेको छ । यद्यपि पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तह निर्वाचनको समयमा भएको आर्थिक गतिविधिले मूल्यमा चाप पर्न गएको बैंकको विश्लेषण छ । समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको र विप्रेषण आप्रवाह स्थिर रहेका कारण बाह्य क्षेत्र दबाबमा परेको छ । बाह्य क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर घाटा बढेको छ भने विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता घटेको छ ।
चालु आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटको अर्र्धवार्षिक मूल्याङ्कन र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको यो समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको केन्द्रीय बैंकले जनाएको छ । कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामा समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्दै अर्थतन्त्रको पुन:रुत्थानमा सघाउ पुर्याउने मुख्य उद्देश्यका साथ आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरिएको थियो ।
खमा एमालेकी जागेश्वरदेवी चौधरी निर्वाचित हुनुभएको छ । उहाँले २३ हजार ८६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रकी हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गर्नुभएको छ ।नगरपालिकाका १७ वडामध्ये कांग्रेस नौ मा र एमाले आठ वडामा विजयी भएको छ । नवनिर्वाचित प्रमुख खाणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मतपरिणाम सार्वजनिकलगत्तै पत्रकारसँग कुराकानी गर्दै उहाँले सबैलाई मिलाएर काम गर्ने बताउनुभयो ।
रुपन्देहीमा कांग्रेसले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा जित हासिल गरेको छ । एमालेले देवदह नगरपालिकामा जित हासिल गरेको छ । यस्तै जिल्लाका १० गाउपालिकामध्ये कांग्रेसले शुद्धोधन, कञ्चन, मायादेवी र सम्मरीमाई गाउपालिकामा जित हासिल गरेको छ । एमालेले गैडहवा र ओमसतिया गाउँपालिकामा जित हासिल गरेको छ । कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, मर्चवारीमा जनता प्रगतिशील पार्टी र रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।






