एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्जकै गृह नगरमा काँग्रेसको अग्रता

  बैशाख ३१, २०७९

महेन्द्रनगर, वैशाख ३१ : कैलालीको गोदावरी नगरपालिकाका २ वडामा १०१८ मत गणना हुँदा कांग्रेसले अग्रता कायम राखेको छ । वडा नम्बर १ र १२ मा गरिएको मतगणनामा नेपाली कांग्रेसका बिरेन्द्र भट्टले ४ सय ८ मत ल्याएका छन् भने उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकण भट्टले ३६३ मत ल्याएका छन् ।

वडा नम्बर १ मा ४ सय १८ मत गणना हुँदा नेपाली कांग्रेसका भट्टले २०४ मत ल्याउँदा नेकपा एमालेका गोकर्ण भट्टले १२६ मत ल्याएका थिए भने वडा नम्बर १२ मा ६ सय मत गणना हुँदा कांग्रेसका भट्टले २०४ र एमालेका भट्टले २३७ मत ल्याएका छन् ।

वडा नम्बर–१ को अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ। वडामा कांग्रेसका गोपाल दत्त भट्टले १४७ मत पाउँदा नेकपा एमालेका शर्मानन्द भट्टले १२१ मत पाएका छन्। यस्तै माओवादी केन्द्रका दिनेश कुमार शाहले ६२ मत पाएका छन् ।

वडा नम्बर १२ मा भने कांग्रेस एमालेले समान मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भिम खड्का ले २०८ मत पाएका छन् भने एमालेका उम्मेदवार नन्दु नेपालीले पनि २०८ मत पाएको विकल्प दैनिकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया