एउटै हाताभित्र दुई विश्वविद्यालयका कार्यक्रम नचलाउन त्रिविको निर्देशन

  ८ मिनेट अगाडि

काठमाडौँ, १२ मङ्सिर : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफूअन्तर्गतका सम्बन्धनप्राप्त क्याम्पसलाई एउटै हाताभित्र दुई विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगर्न चेतावनी दिएको छ ।

फरक विश्वविद्यालयबाट सम्बन्धन लिएर एउटै हातामा कार्यक्रम सञ्चालन गर्ने प्रवृत्ति बढेपछि त्रिविले यस्तो निर्देशन दिएको हो । त्रिविको सम्बन्धनसम्बन्धी विनियमले समेत यसलाई निषेध गरेको छ ।

त्रिविले आफ्ना सम्बन्धनप्राप्त क्याम्पसलाई त्रिविबाहेक अन्य विश्वविद्यालयका कार्यक्रम सञ्चालन नगरेको स्वघोषणा गर्न निर्देशन दिएको छ । झुटो विवरण पेस गरे विश्वविद्यालयको कानुनअनुसार कारबाही भोग्नुपर्ने प्रतिबद्धतासहित क्याम्पस प्रमुखले हस्ताक्षर गरी मङ्सिर १५ गतेभित्र स्वघोषणा बुझाउनुपर्ने त्रिवि योजना निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया