इन्टर मिलानलाई कोपा इटालिया उपाधि

  बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ गोलले हराउँदै उपाधि जितेको हो । इन्टरको जितमा इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको एक एक गोल गर्नुभयो ।

युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले एक एक गोल फर्काउनुभयो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेर सकिएको थियो । इन्टरले सातौँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो ।

निकोलो बरेल्लाले गोल गर्दै इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाउनुभयो । ५०औँ मिनेटमा एलेक्स सान्द्रोले तथा ५२औँ मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाउनुभयो । तर ८०औँ मिनेटमा युभेन्ट्सका हकान चलहानोग्लुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि अतिरिक्त समयमा इभान पेरिसिसले व्यक्तिगत दुई गोल गर्दै इन्टरलाई उपाधि दिलाउनुभयो । इभानले ९९औँ मिनेटमा पेनाल्टीमा र १०२औँ मिनेटमा गोल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया