काठमाडौँ, १८ असोज : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन स्थल खुल्लामञ्चमा बस्ने भएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेश गर्ने प्रतिवेदन उपर छलफल गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको राससलाई जानकारी दिनुभयो ।
असोज १९ र २० गते बन्दसत्रको कार्यक्रम हुनेछ । बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको राससले जनाएको छ ।






