गिरोेङ, सिजाङ, ४ भदौ : दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले जनाएको छ ।
कमाण्ड सेन्टरका अनुसार हिमपहिरोपछि नदीमा आएको बाढीमा ५३१ जना बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले उक्त क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान भेट्टाएको बताएका छन् ।
बुधबारसम्म जी–२१६ उद्धार मार्गमा निरीक्षण गर्दा ५८ वटा सम्भावित भूगर्भीय विपत्का स्थल पहिचान भएका केन्द्रका अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूले प्रभावित तीन गाउँका सम्भावित जोखिमहरूको निरीक्षण र जोखिम मूल्याङ्कन पनि पूरा गरेका छन् भने यसका लागि दुई अस्थायी आपतकालीन आश्रयस्थलका लागि स्थान चयन गरेका छन् । उनीहरूले त्यहाँका लागि आपतकालीन आपूर्ति सेवा व्यवस्थापनका लागि मार्गदर्शनसमेत गरेका छन् ।
सम्भावित द्वितीयक विपत्का जोखिम पहिचान र रोकथामका लागि मौसम, प्राकृतिक स्रोत, जलस्रोत र आपतकालीन व्यवस्थापन अधिकारीहरूका साथै चाइनिज साइन्स एकेडेमी र चीन सुरक्षा विज्ञान तथा प्रविधि एकेडेमीका १७२ विज्ञ र प्राविधिक जनशक्ति बुधबार दिउँसो ४ बजेसम्म उक्त स्थलमा खटिएका छन् ।
हिमाली षेत्रमा बरफ–चट्टान पहिरोका कारण आएको यो विनाशकारी पहिरोले गिरोङ बन्दरगाह भएर बग्दै भवनहरू, विद्युत आपूर्ति र गिरोङ बन्दरगाहतर्फ जाने जी२१६ राजमार्गको एक खण्ड नष्ट गरेको थियो, जसले विपत् व्यवस्थापन र उद्धार कार्यलाई गम्भीर रूपमा बाधा पु¥याएको थियो ।
यस्ता कठिनाइका बाबजुद चीनले तुरुन्तै हेलिकोप्टर, स्पिडबोट र रबरको डुङ्गा परिचालन गरी उद्धारकर्मीहरूलाई पहिरो प्रभावित बन्दरगाहमा पु¥याएको छ । स्थलगत उद्धार टोलीले १२ घण्टा ठाडो पहाडी सडक पार गर्दै पैदल उक्त क्षेत्रमा पुगेका थिए ।
उक्त क्षेत्रमा करिब दुई हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन, आठ हजारभन्दा बढी व्यावसायिक उपकरणका सेट, ८०० भन्दा बढी ड्रोन उडान र २४ हेलिकोप्टर उडान परिचालन गरिएका छन् । (रासस/सिन्ह्वा)






