भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

  ३ घण्टा अगाडि

काठमाडौँ, १९ भदौ : राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले आज सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो ।

विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ । साथै, सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया