राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

  १ घण्टा अगाडि

काठमाडौँ, ४ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भिरोनिका लरेन्जोले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबिच नेपाल-युरोपेली सङ्घबिचको सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले राजदूत लरेन्जोलाई आफ्नो कार्यकाल सफलतापूर्व सम्पन्न गर्नुभएकोमा बधाई ज्ञापन गर्नुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया