सशस्त्र प्रहरीले एक वर्षमा १३ करोड बढीको अवैध सामान बरामद

  २ घण्टा अगाडि

भद्रपुर (झापा), २६ साउन : सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो ।

सोही अवधिमा रु एक करोड ४२ लाख ११ हजार ८८ मूल्य बराबरको अवैध काठ बरामद गरी दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिनुभयो ।

प्रहरीले आठवटा सवारीसाधनसहित एक हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरेको थियो । अवैध उत्खनन नियन्त्रणतर्फ ८० वटा सवारीसाधन नियन्त्रणमा लिई रु २५ लाख ५० हजार जरिवाना असुल गरिएको सशस्त्र प्रहरी बल, नेपाल दुई नं. गण, झापाले जानकारी दिएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया