अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा

  ५ घण्टा अगाडि

वासिङ्टन, २१ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको बताउनुभएको छ ।

ट्रम्पको यो टिप्पणी इरान विरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा सिएनएनको रिपोर्टको एक दिनपछि आएको हो ।

सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा, ट्रम्पले रक्षा कम्पनीहरूले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै सङ्ख्यामा प्लान्ट र कारखानाहरू निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरी आवश्यकताअनुसार अमेरिकामा पठाइरहेको बताउनुभयो ।

सिएनएनले मङ्गलबार पछिल्लो अनुसन्धानात्मक रिपोर्टसँग परिचित दुई स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सेनाले युद्धपूर्वको सङ्ख्याको तुलनामा यसको मिसाइल अनुसन्धानको लगभग २० प्रतिशत र इरान युद्धको सुरुआतदेखि यसको प्याट्रियट इन्टरसेप्टरहरूको लगभग आधा भाग जलाएको रिपोर्ट गरेको थियो ।

गत सप्ताहन्तमा इरान माथिनयाँ आक्रमणहरू रद्द गर्ने ट्रम्पको निर्णयअघि नै हतियार भण्डारणको मुद्दा फेरि उठेको पनि रिपोर्टले उल्लेख गरेको सिएनएनले जनाएको छ ।

अमेरिकी सेनाले पनि द्वन्द्वको समयमा आफ्नो अत्यधिक सटीक लामो दूरी, सतह–देखि–हावा हतियारहरूको लगभग सबै प्रयोग गरेको समाचार रिपोर्टले जनाएको छ ।

वासिङ्टन पोस्टको बुधबारको रिपोर्टअनुसार गत हप्ता प्रेसिडेन्सियल रिट्रीट क्याम्प डेभिडमा ट्रम्पले अमेरिकी रक्षामन्त्री पीट हेग्सेथमाथि आक्रोस व्यक्त गर्नुभएको थियो ।

ट्रम्पले हेग्सेथसँग इरानसँगको सैन्य विकल्पलाई सीमित पार्ने खतरामा परेको चरम हतियारको कमीमा आफूलाई किन बहकाएको थियो भन्ने प्रश्नको जवाफ मागेको अखबारले जनाएको छ ।

यी बयानहरू ‘चुहावट गर्नेहरू’ को खोजी भइरहेको र भेटिएपछि लामो अवधिको जेल सजाय गरिने ट्रम्पले सामाजिक सञ्जाल ट्रुथको पोस्टमार्फत चेतावनी दिनुभएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया