तेहरान, १६ साउन : तस्नीम समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेअनुसार इरानले इरानी पूर्वाधारमा सम्भावित आक्रमणको जवाफ दिन ‘व्यापक’ योजना तयार पारेको छ ।
तस्नीमले एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै इरानले आफ्नो पूर्वाधार विरुद्ध सम्भावित अमेरिका र इजरायली आक्रमणको बारेमा अमेरिकी मिडियाको हालैको दाबीको जवाफमा ‘व्यापक’ योजना तयार गरेको जनाइएको छ । यो योजनाले मध्य पूर्व क्षेत्रमा महत्वपूर्ण इजरायली पूर्वाधार र अमेरिकी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दछ ।
वाल स्ट्रिट जर्नलले अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले “सेनालाई इरानमाथि नयाँ आक्रमण गर्न आदेश दिएको तथा आक्रमण यसै हप्तामा सुरु हुन सक्ने र केही दिनसम्म रहन सक्ने जनाइएको छ ।
साथै, सिबीएस न्यूजले संयुक्त राज्य अमेरिका र इजरायलले इरानी ऊर्जा पूर्वाधार विरुद्ध तीव्र आक्रमणको तयारी गरिरहेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बकर जोलकादरले शनिबार इरानी मिडियाद्वारा प्रवमह गरिएको सन्देशमा चेतावनी दिँदै अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी र इरान विरुद्धका आक्रमण जारी राख्दा स्ट्रेट अफ होर्मुजमा थप तनाव सिर्जना हुने र नाकाहरू बन्द हुने जनाइएको छ । (रासस/सिन्ह्वा)






