साझाखबर, १७ असार । हरेक वर्ष जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको स्थापना दिवस मनाइन्छ ।
यसै सिलसिलामा जुन ३० तारिख बेलुकी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग, चीनको सँस्कृति तथा पर्यटन मन्त्रालय, चाइना मिडिया ग्रुपले संयुक्त रुपमा आयोजना गरेको चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०४औं सिम्फनी कन्सर्ट आयोजना गरिएको छ ।

कन्सर्टमा सिम्फनी, कोरस, परम्परागत बाजाको बजाईआदि तरीकामार्फत १७ वटा साँगितिक रचना प्रदर्शन गरिएको थियो।
सन् १९२१ मा चीनको कम्युनिष्ट पार्टी औपचारिक रूपमा स्थापना भएको थियो।

शतवार्षिक तस्बिर
विगत १०४ वर्षमा चिनियाँ कम्युनिष्ट पार्टी अगाडि बढिरहेको छ। “चिनियाँ जनताको लागि खुशी खोज्ने र चिनियाँ राष्ट्रको लागि पुनरुत्थान” को मूल अभियानले १० करोड २७ लाख १० हजार पार्टी सदस्यहरूलाई पार्टी सदस्यता दिलाएको छ ।