बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पोमा नेपाल (फोटो फिचर)

  ५ घण्टा अगाडि

साझाखबर, १५ असार। २०औं बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५ जुन २७ देखि २९ तारिखसम्म चीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र (छाओयाङ) मा आयोजना गरिएको छ । यस प्रदर्शनीमा १ हजारभन्दा बढी बुथहरू रहेका थिए ।

यस पटकको प्रदर्शनमा नेपाल पर्यटन बोर्ड सहित अन्य ८ ट्राभल एजेन्सीहरूले भाग लिएका थिए । बोर्डबाट  बरिष्ठ अधिकृत गोपाल भण्डारी, वरिष्ठ प्रबन्धक  सुमन घिमिरे सहित ७ वटा ट्राभल कम्पनीहरु सहभागिता जनाए ।

पर्ल होलिडेज प्रा. लि, आउटसाइन एडभेन्चर प्रा. लि, नेपाल हिमालयन इन्टरनेशनल ट्राभल कम्पनी प्रा. लि, जर्नी डीएमसी प्रा. लि., हिमालय सेफ्टी ट्रेक्स एण्ड एक्सपिडिसन प्रा. लि., ड्र्यागन होलिडेज प्रा. लि., एक्सेसिबल एडभेन्चर प्रा. लि. , फ्रेन्ड्स एडभेन्चर टोली प्रा. लि.ले भाग लिएको पर्ल होलिडेका रामशरण न्यौपानेले जानकारी दिए । नेपाली प्रदर्शकहरुका अनुसार नेपालले बुद्धिज्म, साहसिक पर्यटन, संस्कृति, हस्तकला, प्राकृतिक सम्पदा लगायतका पर्यटकीय आकर्षण प्रस्तुत गरेका छन् ।

लेनदेन प्रवर्द्धन र दक्षता सुधार गर्ने अवधारणामा आधारित, आयोजक समितिले लक्षित निमन्त्रणाका लागि उच्च-गुणस्तरका होस्ट गरिएका खरीदकर्ताहरूको पहिचान गर्नुका साथै व्यापार म्याचमेकिंग तथा बीटूबी बैठक सत्रहरू आयोजना गरिएको थियो ।

नियमित प्रदर्शनी क्षेत्र प्रदर्शनको अतिरिक्त, पर्यटन र विभिन्न उद्योगहरू बीचको सम्भावनाहरूलाई विस्तार गर्न धेरै विषयगत मञ्चहरू, उद्योग सेमिनारहरू, आदानप्रदान बैठकहरू, व्यापार मेलाहरू आदि आयोजना गरेको थियो ।

बेइजिङ नगरपालिका संस्कृति तथा पर्यटन ब्यूरोद्वारा सुरु गरिएको यो एक्स्पो जुन २००४ देखि निरन्तर संचालित छ । प्रत्येक एक्स्पोमा विश्वभरका दर्जनौ  देश र क्षेत्रहरू र चीनभित्रका प्रान्त र स्वायत्त क्षेत्रहरू आकर्षित गरिएको हुन्छ ।

शनिबार चीन भ्रमणमा रहेका उर्जामन्त्री दिपक खड्काले पनि नेपाली बुथको अबलोकन भ्रमण गरेका थिए ।

२०औं बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५ सम्बन्धी थप तस्बिर

बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५

बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५

बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५

बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५

बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५

बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५

बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन एक्स्पो २०२५

तपाईको प्रतिक्रिया